यस्तो छ एमाले अन्तरपार्टी निर्देशन (पूर्णपाठसहित)

यस्तो छ एमाले अन्तरपार्टी निर्देशन (पूर्णपाठसहित)


यस्तो छ एमाले अन्तरपार्टी निर्देशन (पूर्णपाठसहित)

काठमाडौँ ।  नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि)–७ जारी गरेको छ । एमालेले हिजो १०५ पृष्ठ लामो अन्तरपार्टी निर्देशन जारी गरेको हो । 

पार्टीको गत वैशाख २८ देखि ३० गतेसम्म चलेको पाँचौ केन्द्रीय समितिको बैठकको निर्णयलाई अनुमोदन गर्न त्यसपछि बसेको स्थायी कमिटी र सचिवालय बैठकको निर्णयका आधारमा अध्यक्ष केपी शर्मा ओलीले मातहतका कमिटीमा अपानि जारी गरेका छन् । 

अपानिमा पार्टीको मिसन ग्रासरुटको समीक्षा गरिएको छ । अपानि अनुसार ७० वर्षे हदम्याद निलम्बन गरिएको छ । यस्तै अपानिमा नेताहरुको कार्यविभाजनका साथै यसअघिका जिम्मेवारी हेरफेर गरिएको उल्लेख छ । 

जसअनुसार वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षलाई ३३ वटा विभागलाई ७ समूहमा विभाजन गरी जिम्मेवारी दिइएको छ । यस्तै सचिव टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको छ भने अन्य सचिवहरुलाई प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको छ । 

अपानिमा केन्द्रीय कमिटीको पाँचौ बैठकमा पेश भएका राजनीतिक प्रतिवेदन, बैठकबाट पारित प्रस्तावहरु, भूगोलको कार्यविभाजन, फाँटको कार्यविभाजन, विभागको कार्यविभाजन र प्रदेश संयोजकहरुबारे उल्लेख गरिएको छ ।

 


प्रकाशित मिति: बुधबार, २४ जेठ, २०८०, १४:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९