कांग्रेसले माग्यो मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा

कांग्रेसले माग्यो मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा


कांग्रेसले माग्यो मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा मागेको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्र र जसपा सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने कांग्रेसको माग छ ।

कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बुधार विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्री कार्कीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको अधिवेशन स्थगन गर्नुले यो सरकार गैरजिम्मेवार र प्रदेशमा झन् समस्या थप्नतिर उद्यत भएको प्रष्ट हुन्छ । लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै अल्पमतमा रहेको सरकारले नैतिक रुपमा राजीनामा दिएर लोकतान्त्रिक मान्यता अनुरुप आगामी सरकार निर्माण गर्नका लागि मार्गप्रशस्त गर्न समेत आग्रह गर्दछौं ।’

तर, मुख्यमन्त्री कार्कीले भने संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेका छन् । अध्यादेश मार्फत बजेट ल्याए प्रदेशमा झन् अस्थिरता थपिने कांग्रेसको दाबी छ ।


प्रकाशित मिति: बुधबार, २४ जेठ, २०८०, १८:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९