जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न निर्देशन

जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न निर्देशन


जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न निर्देशन

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज (बुधबार) बसेको बैठकले आवधिक निर्वाचन स्वतन्त्र, स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गराउन निर्वाचन आयोगसँग परामर्श गरी जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने प्रस्ताव पुनरावलोकन गर्न निर्देशन दिएको हो ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै चालु खर्च कटौती गर्न विभिन्न २० भन्दा बढी निकाय खारेज गर्ने बताएका थिए । जसमा जिल्ला निर्वाचन कार्यालयहरु खारेज गरी जिल्ला प्रशासन कार्यालयको इकाइको रुपमा राख्ने र निर्वाचन कार्यालयहरु प्रदेशमा मात्र रहने बजेट वक्तव्यको अनुसूचीमा उल्लेख गरिएको थियो ।

निर्वाचन आयोगले जिल्लास्थित आफ्ना संरचना खारेज गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउदै गत शुक्रवार सर्वदलीय बैठकमा छलफल समेत गरेको थियो । छलफलको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला निर्वाचन खारेज गर्ने मनसाय नभएको बताएका थिए । त्यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निण्र्नय नभएको बताउँदै आएका छन् ।


प्रकाशित मिति: बुधबार, ३१ जेठ, २०८०, १४:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९