राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र सांघाई म्युनिसिल पिपुल्स कंग्रेसका अध्यक्षबीच भेटवार्ता

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र सांघाई म्युनिसिल पिपुल्स कंग्रेसका अध्यक्षबीच भेटवार्ता


राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र सांघाई म्युनिसिल पिपुल्स कंग्रेसका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुबीच शिष्टाचार भेटवार्ता भएको छ । 

पिपुल्स बिल्डिङमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले चीनको औधोगिक सहर सांघाईको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउँदै सांघाईबाट काठमाडौं र पोखरा सिधा उडान भए  सांघाईको औद्योगिक र व्यापारिक क्षेत्रको नेपालले लाभ लिनसक्ने बताए । 

सांघाईबाट काठमाडौं र पोखरा सिधा हवाइ उडान हुँदा नेपाली व्यापारीहरू पनि सोझै चीन आउन सक्छन् र यहाँबाट पनि धार्मिक पर्यटकहरू लुम्बिनी जान सक्ने र अन्य पर्यटकहरु पोखरा जान सक्छन्,’ भेटमा अध्यक्ष तिमिल्सिनाले भने । 

अध्यक्ष तिमिल्सिनाले पोखरा महानगरले सांघाई शहरसँग भगिनी सम्बन्ध राख्ने चाहना व्यक्त गरेको त्यहाँका अधिकारीहरुलाई जानकारी गराएका अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ । 

सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले सांघाई सबैभन्दा ठूलो आर्थिक केन्द्र शहर भएको र यसले चीन र नेपालबीचको अन्तर सम्बन्ध बढाउने, अर्थतन्त्र, संस्कृति, पर्यटन र जनजीविकाका क्षेत्रमा दुई स्थानबीचको सहयोगको प्रवाहलाई अझ प्रगाढ बनाउने र दुई देशका जनतालाई फाइदा पु¥याउन मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तर विस्तार गर्ने बताए । 

भेटमा नेपालको संसदीय प्रतिनिधि मण्डलका सदस्य साथै चीनको सांघाईका नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका सदस्य, राष्ट्रिय जनकांग्रेसको विदेश मामिला समितिका उपाध्यक्ष तथा राष्ट्रिय जनकांग्रेसको चीन–नेपाल मैत्री समूहका उपप्रमुख वाङ के र सांघाई म्युनिसिपल पिपुल्स कंग्रेसको स्थायी समितिका महासचिव सी जियाङगाङ लगायत सहभागी थिए । 

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डलले सांघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई ग्रामिण योजना प्रर्दशनी केन्द्र, चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन केन्द्र,   लगायतका स्थलहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष तिमिल्सिनाले यसअघि भ्रमणका क्रममा बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गरेका थिए ।

वार्ताका क्रममा चीनको छेन्दुबाट पोखरासम्म सिधा हवाइ उडान सुरु गर्ने बिषय प्रमुखता पाएको थियो । अध्यक्ष तिमिल्सिनासहितको ९ सदस्यीय नेपाली प्रतिनिधि मण्डल बिहीबार तिब्बततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 


प्रकाशित मिति: बुधबार, ३१ जेठ, २०८०, १८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९