बालेनलाई क्यानले सोध्यो स्पष्टीकरण, उडानमा प्रतिबन्धसम्मको चेतावनी

बालेनलाई क्यानले सोध्यो स्पष्टीकरण, उडानमा प्रतिबन्धसम्मको चेतावनी


बालेनलाई क्यानले सोध्यो स्पष्टीकरण, उडानमा प्रतिबन्धसम्मको चेतावनी

काठमाडौँ। नगर प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तारजाली काटेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काडमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलगायत तीन जनालाई स्पष्टीकरण सोधेको छ ।

सिनामंगलस्थित विमानस्थल क्षेत्रमा पर्ने फेन्सिङ तारजाली काटेको विषयमा प्राधिकरणले मेयर बालेनसहित महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई स्पष्टीकरण सोधेको हो ।

उनीहरुलाई चित्तबुझ्दो लिखित स्पष्टीकरण दिन सात दिनको समय दिइएको छ । यस विषयमा चित्तबुझ्दो स्पष्टीकरण नआए उनीहरुलाई उडानमा प्रतिबन्ध लगाउन सकिने बताइएको छ । महानगरको नगर प्रहरी टोलीले बिहीबार विमानस्थलको तारजाली काटिदिएको थियो ।

कुनै पूर्वजानकारी र सूचना नदिई तारजाली काट्ने महानगरको कार्य कानूनविपरीत रहेको प्राधिकरणले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, १ असार, २०८०, १७:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९