जसपाको केन्द्रीय समिति बैठक आह्वान

जसपाको केन्द्रीय समिति बैठक आह्वान


जसपाको केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्ठनहरुले पठाएका सुझाव समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुनेछ । असार ९ गते केन्द्रीय समिति सदस्यहरुलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ । जसपाले यही असार १०, ११ र १२ गते काठमाडौं मा विधान अधिवेशन गर्ने भएको छ ।

विभिन्न समिति र सङ्गठनबाट गरी सात सय ७८ जना प्रतिनिधि विधान अधिवेशनमा सहभागी हुँदैछन् । यीमध्ये चार सय २३ जना केन्द्रीय समिति सदस्य रहेका छन् । केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले जसपाका यी चार सय २३ जना केन्द्रीय सदस्य स्वतः विधान अधिवेशनका प्रतिनिधि हुने सो पार्टीको प्रावधान रहेको छ ।


प्रकाशित मिति: शुक्रबार, १ असार, २०८०, १७:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९