राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिति अझै स्थिर, मुटुको निगरानी गर्दै डाक्टर

राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिति अझै स्थिर, मुटुको निगरानी गर्दै डाक्टर


राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिति अझै स्थिर, मुटुको निगरानी गर्दै डाक्टर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था अझै स्थिर रहेको छ । शिक्षण अस्पताल मनमोहन कोर्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार बिहानदेखि भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिति स्थिर रहेको र चिकित्सकहरूले उनको मुटुको निगरानी गरिरहेका छन् ।

मुटुमा पुनः समस्या आएपछि शनिबार बिहानै पौडेललाई महाराजगन्जस्थित मनमोहन कोर्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

केही दिनअघि मात्रै उनलाई माइनर हृदयाघात भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा भर्ना गरी उपचार गरिएको थियो । उनको मुटुमा एन्जियोप्लास्टी गरेर २४ घन्टाको निगरानीपछि डिस्चार्ज गरिएको थियो । तर शनिबार बिहान फेरि समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

 


प्रकाशित मिति: आइतबार, ३ असार, २०८०, १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९