माओवादीसहितको समाजवादी मोर्चा भाेलि घोषणा गर्ने निर्णय

माओवादीसहितको समाजवादी मोर्चा भाेलि घोषणा गर्ने निर्णय


माओवादीसहितको समाजवादी मोर्चा भाेलि घोषणा गर्ने निर्णय

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दल मिलेर भाेलि समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकले मोर्चा घोषणा यही असार ४ गते गर्ने तय गरेको हो।

आज बिहान बालुवाटारमा भएको छलफलमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी भएका थिए।

समाजवादी मोर्चामा डा‍‍। बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको संयोजकत्वमा रहेको राष्ट्रिय एकता अभियानसमेत ६ दल समेट्ने तयारी रहे पनि आजको छलफलमा भने बाबुराम र वामदेव सहभागी भएनन्। अर्को बैठक बसेर उनीहरूलाई सहभागी गराउने तयारी भइरहेको नेताहरूले बताएका छन् ।

 


प्रकाशित मिति: आइतबार, ३ असार, २०८०, १२:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९