बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री तुम्लिङ्टारमा

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री तुम्लिङ्टारमा


बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री तुम्लिङ्टारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन् । आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानामन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए ।

प्रधानमन्त्रीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार जनमा समवेदना, सहानुभूतिका साथै उद्दार र राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई दिर्देशन दिँदै स्वयम्सेवी संघसंस्थामा अपील गरे । उनले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र भोलिको लागि आवासको व्यवस्था मिलाउन आवस्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने बताए ।

प्रधानमन्त्रीले भने, ‘म अस्ति मात्र मेलम्ची गएको थिय त्यहा जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो ।’ उनी आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपरान्ह काठमडाौं फर्कनेछन् ।

 


प्रकाशित मिति: सोमबार, ४ असार, २०८०, १४:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९