ताप्लेजुङतर्फ उडेको प्रधानमन्त्री सवार हेलिकोप्टर विराटनगरमा अवतरण

ताप्लेजुङतर्फ उडेको प्रधानमन्त्री सवार हेलिकोप्टर विराटनगरमा अवतरण


ताप्लेजुङतर्फ उडेको प्रधानमन्त्री सवार हेलिकोप्टर विराटनगरमा अवतरण

विराटनगर। बाढी पहिरो प्रभावित क्षेत्र अवलोकन गर्न सङ्खुवासभाबाट ताप्लेजुङतर्फ उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टर विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

ताप्लेजुङतर्फ जाने क्रममा मौसम प्रतिकूल भएपछि विराटनगर विमानस्थल अवतरण गरिएको हो ।

प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका सचिव तथा ताप्लेजुङका सांसद योगेश भट्टराई, पाँचथरका सांसद बसन्त नेम्वाङलगायतको टोली बाढी पहिरोबाट भएको प्रभावको स्थलगत निरीक्षण गर्न दिउँसो सङ्खुवासभा पुगेको थियो ।

प्रधानमन्त्रीसमेतको टोली विराटनगर विमानस्थलको विशिष्ट कक्षमा बसेर अनुकूल मौसमको प्रतीक्षामा छ । तर समय कम हुँदा विराटनगरबाट टोली काठमाडौं फर्किनसक्ने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले आजै ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किने कार्यक्रम थियो ।

 


प्रकाशित मिति: सोमबार, ४ असार, २०८०, १६:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९