माइतीघरमा मिटरव्याजीहरुको धर्ना

माइतीघरमा मिटरव्याजीहरुको धर्ना


माइतीघरमा मिटरव्याजीहरुको धर्ना

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट आएका मिटरव्याजीहरू आज पनि माइतीघरमा धर्नामा बसेका छन् ।

उनीहरुले सामाजिक सद्भाव कायम राख, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर, लेनदेन कारोबार सहज गर जस्ता नारा लेखिएको पम्पप्लेट बोकेर प्रदर्शन गरिरहेका छन् ।

परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभूंग पार्न खोजिएको भन्दै उनीहरूले आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश खारेजीको माग गरेका छन् ।

आफूहरूलाई डर देखाउँदै मिटरव्याजी भनी निवेदन दिने, धाकधम्की दिने काम भएको भन्दै आतंक नरोकिए चरणबद्ध आन्दोलनमा जानेसमेत उनीहरुले चेतावनी दिएका छन् ।

उनीहरूले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा मात्र उजुरी दर्ता गरिनुपर्ने, हाल दर्ता गरिएका उजुरीलाई जाँचबुझ तथा छलफलको लागि स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने, आफूहरूले दिएको पैसाको साँवा र व्याज उपलब्ध गराउनुपर्नेलगायतका माग राखेका छन् ।


प्रकाशित मिति: बुधबार, ६ असार, २०८०, १३:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९