सरकार महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने चापमा छः मन्त्री साउद

सरकार महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने चापमा छः मन्त्री साउद


सरकार महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने चापमा छः मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । 

बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा समितिलाई राहदानी व्यवस्थापनको विषयमा जानकारी दिँदै मन्त्री साउदले यस्तो बताएका हुन् । उनले परराष्ट्र मन्त्रालय महँगो पैसा तिरेर राहदानी उपलब्ध गराउनुपर्ने चापमा रहेको बताए ।  

मन्त्री साउदले सरकारले सार्वजनिक खरिद कानून अनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले महँगो मूल्य(भेरियसन)तिरेर खरिद गरी राहदानी वितरण गरिरहेको बताए । 

विद्युतीय राहदानी खरिदका लागि प्रथम पटक बोलपत्र आह्वान गर्दा ५० लाखको संख्यामा खरिद गर्ने प्रश्ताव गरिएकोमा मन्त्रीपरिषद्को निर्णय अनुसार २० लाख मात्रै विद्युतीय राहदानी खरिद भएको साउदले बताएका छन् । उनले अहिलेसम्म नेपालमा राहदानी पुस्तिका छपाई गर्न सक्ने खालको सुरक्षण मुद्रण नभएको र राहदानी सेवा अवरुद्ध गर्न पनि नमिल्ने भएकाले अन्तरिम अवधिका लागि महँगोमा थप राहदानी खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताए । 

राहदानीको माग अत्याधिक रहेकाले महँगोमा भएपनि राहदानी खरिद गरी राहदानी वितरण गरिरहेको उनले बताए ।  उनले ६६ पृष्टको राहदानीसमेत ५ लाख राहदानीकोे मौज्दात रहेकाले सो मौज्दातले करिव ४ महिना मात्रै धान्नसक्ने अवस्था रहेको बताए । मन्त्री साउदले ४ महिनापछि राहदानी जारी गर्नको लागि तत्काल महँगोमा भएपनि खरिद गर्नुको विकल्प मन्त्रालयलाई नभएको बताए । 


प्रकाशित मिति: बुधबार, ६ असार, २०८०, १५:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९