मन्त्री गुरुङलाई योगेश भट्टराईले भने : प्लीज निर्णय फिर्ता लिनुस्

मन्त्री गुरुङलाई योगेश भट्टराईले भने : प्लीज निर्णय फिर्ता लिनुस्


मन्त्री गुरुङलाई योगेश भट्टराईले भने : प्लीज निर्णय फिर्ता लिनुस्

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

उपप्राध्यापक चलाउनेविरुद्ध ज्यान गर्ने उद्योग अन्तरगतको मुद्दा काँग्रेस निकट विद्यार्थी संगठनमा आवद्ध नविसंघका विद्यार्थीहरुले खेपिरहेका थिए । सो मुद्दा फिर्ता गर्ने निर्णय गरेर सरकारले दण्डहिनता निम्त्याएको उल्लेख गर्दै त्यसलाई तत्काल खारेज गर्न सचिव भट्टराईको सरकारसँग माग थियो ।

उनले सदाचारको पक्षमा सधैं उभिने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो मुद्दा फिर्ता लिने निर्णयमा कसरी हस्ताक्षर गर्न सक्नु भयो रु भनि प्रश्न समेत गरे ।

बुधबार प्र्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले देश बनाउने जिम्मेवारी पाएको काँग्रेस र एमाले जस्ता ठूलो पार्टीका प्रतिनिधिहरुले नै मुलुकमा दण्डहिनताको स्थिति सृजना गर्ने काम गर्न नहुने बताए ।

उनले भने, ‘प्लीज, तपाईले यो निर्णय फिर्ता लिनुस् । र, तपाईले आफ्नो पुरानो प्रतिवद्धता, मान्यता हो । त्यसमा उभिनुस । त्यसले नै हामी जुन पार्टीलाई प्रतिनिधित्व गरिरहेका छौं नेपाली काँग्रेस, नेकपा एमाले । यस्ता ठूला राजनीतिक दलहरुले नै यस्ता बेथितिहरुको, दण्डहिनताको स्थिति तपाई–हामीले नै सृजना गर्ने हो भने यो देश कसले बनाउँछ रु यदि तपाई–हामीनै त्यो गर्ने हो भने यो देश कसले बनाउँछ । यो देश कर्ता जाँदैछ रु यो व्यवस्था, यो संविधान हामीलाई समर्थन गरेर आम जनताले दिएको त्यो अपार विश्वास, हिजोको लोकतान्त्रिक आन्दोलनहरुको दिएको साथहोस् । यदि हामीले त्यसमाथि खेलबाड गर्छौैैैैैै भने यो देश वास्तवमा गलत दिशातिर जान्छ । त्यसकारण आज म पहिलो त्यो कुरा राख्न चाहन्छु सभामुख महोदय । ’

सचिव भट्टराईले जनताको विश्वासमाथि खेलबाड गर्ने छुट सरकारलाई नभएको पनि बताए ।

 


प्रकाशित मिति: बुधबार, ६ असार, २०८०, १६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९