असार २० पछि कुनै पनि मुद्दा हेर्दिन : प्रधानन्यायाधीश कार्की

असार २० पछि कुनै पनि मुद्दा हेर्दिन : प्रधानन्यायाधीश कार्की


असार २० पछि कुनै पनि मुद्दा हेर्दिन : प्रधानन्यायाधीश कार्की

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले असार २० गतेपछि आफू इजलासमा नबस्ने बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरूसँग शुक्रबारको भेटमा उनले असार २० गतेपछि दैनिक प्रशासनिक कामबाहेक कुनै पनि मुद्दा आफूले नहेर्ने जानकारी दिँदै अवकाश पाउनुअघि नै आफूले हेरेका मुद्दाहरूको फैसला लेखन सम्पन्न गरिसक्ने बताए ।

६५ वर्षे उमेरहदका कारण कार्कीले साउन २० गते अनिवार्य अवकाश पाउनेछन् । त्यसको एक महिनाअघि बिदा बस्ने प्रचलन छ । तर प्रधानन्यायाधीश कार्कीले आफूले असार २० गतेसम्म मात्रै मुद्दा हेर्ने बताएका छन् । त्यसपछि दैनिक प्रशासनिक काम हेर्ने उनले प्रस्ट पारे । प्रधानन्यायाधीश कार्कीले न्यायाधीश पदमा रहँदा कायम राखेको आफ्नो छविलाई पदमा रहेसम्म डगमगाउन नदिने दाबी पनि गरे ।

कार्कीले उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया आफू रहँदै अघि बढाउने बताउँदै आफ्नो कार्यकालभित्रै गर्ने दाबी गरे । उनले लामो समयदेखि न्यायाधीश नियुक्त हुन नसक्दा उच्च अदालतहरूमा मुद्दाको बोझ बढ्दै गएको र सुनुवाइ प्रभावित भइरहेकाले न्यायाधीश नियुक्ति चाँडो अघि बढाउने पक्षमा रहेको उल्लेख गरे । अदालतमा हाल ४७ न्यायाधीशको पद रिक्त रहेको छ ।


प्रकाशित मिति: शुक्रबार, ८ असार, २०८०, १७:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९