बजेट यथास्थितिमा पास गर्न नदिने जसपाको निर्णय

बजेट यथास्थितिमा पास गर्न नदिने जसपाको निर्णय


बजेट यथास्थितिमा पास गर्न नदिने जसपाको निर्णय

काठमाडौं । सत्तारुढ दल जसपाले आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएको छ । उसले सरकारले ल्याएको बजेट यथास्थितिमा पास गर्न नदिने निर्णय गरेको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले बजेट समावेशी नभएको भन्दै पास गर्न नदिने निर्णय गरेको हो ।

अहिलेको बजेट नेतामुखी भएकाले पास गर्न नदिने निर्णय लिएको जसपा सांसद राजकिशोर यादवले बताए। प्रदेशमा दिइएको अनुदान बजेटमा पनि भेदभाव गरिएको भन्दै बैठकमा सांसदहरूले असन्तुष्टि जनाएका थिए ।

यसअघि सत्तारुढ दल एकीकृत समाजवादीले पनि बजेट पारित गर्न नदिने निर्णय गरेको थियो। जसपा र एकीकृत समाजवादीका २२ सांसद छन् । दुवै दलले बजेटको पक्षमा मत नहालेमा बजेट फेल हुने निश्चित छ ।

 


प्रकाशित मिति: शुक्रबार, ८ असार, २०८०, १७:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९