कम्युनिस्टमा छिनमै काटाकाट र चाटाचाट गर्नु नियमित धर्म : गोकुल बास्कोटा

कम्युनिस्टमा छिनमै काटाकाट र चाटाचाट गर्नु नियमित धर्म : गोकुल बास्कोटा


कम्युनिस्टमा छिनमै काटाकाट र चाटाचाट गर्नु नियमित धर्म : गोकुल बास्कोटा

काठमाडौं । एमाले नेता गोकुल बास्कोटा आफूलाई मनमा लागेका कुरा निर्धक्क भन्छन् । कसले के भन्ला भन्ने उनलाई मतलव हुन्न । पत्रकारिता पृष्ठभूमि भएकाले पनि हुन सक्छ, बास्कोटा निडर भएको हो ।

उनी आफ्नै पार्टी अध्यक्ष केपी ओलीको पनि आलोचना गर्न डराउँदैनन् । पार्टी प्रणालीमा नचलेको भन्दै उनले सामाजिक सञ्जालमार्फत तिखो आलोचना गर्ने गरेका छन् । सबैभन्दा बढी उनी प्रचण्ड र माधव नेपालप्रति कटाक्ष गरिरहन्छन् ।

शुक्रबार पनि बास्कोटाले त्यसरी नै प्रचण्डदेखि विप्लवसम्मलाई झटारो हानेका छन् । उनले आफ्नै पार्टी एमालेलाई पनि संशोधनवादी भन्दै व्यंग्य गरेका छन् । बास्कोटाले कम्युनिस्टमा छिनमै काटाकाट र चाटाचाट गर्नु नियमित धर्म भएको भन्दै अहिले प्रचण्ड र विप्लवको मिलनप्रति तिखो प्रहार गरेका छन् ।

‘छिनमै काटाकाट र चाटाचाट गर्नु नेपालका कम्युनिस्ट पार्टीहरूको नियमित धर्म हो । गद्दार पुष्पलालदेखि प्रचण्डको महापतनरूपी विप्लव तिर हँुदै संशोधनवादी एमाले अनि माधव गुटको दक्षिणपन्थी अवसरवादसम्म ।

विप्लव प्रचण्डमा विलयक्रमले कुन चाहिँको महापतन भएको हुने हो रु थाहा भएन,’ बास्कोटाले लेखेका छन् । उनले समाजवादी मोर्चा गठनलाई व्यंग्य गरेका हुन् । विप्लव समाजवादी मोर्चा हुँदै संसदीय व्यवस्थामा आउन लागेका छन् ।

 


प्रकाशित मिति: शुक्रबार, ८ असार, २०८०, १७:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९