मेरो चीन भ्रमण लगानी र व्यापार प्रवर्द्धनका लागि हुनेछः मन्त्री श्रेष्ठ

मेरो चीन भ्रमण लगानी र व्यापार प्रवर्द्धनका लागि हुनेछः मन्त्री श्रेष्ठ


मेरो चीन भ्रमण लगानी र व्यापार प्रवर्द्धनका लागि हुनेछः मन्त्री श्रेष्ठ

काठमाडौं ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलवारबाट हुने आफ्नो चीन भ्रमण लगानी र व्यापार प्रवद्र्धनका लागि हुने बताएका छन् ।

आईतवार संसद भवनबाहरि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले चीनको सिचुआन प्रान्तस्थित छिन्दुमा आयोजना हुने ट्रेड इन्भेष्टमेण्ट सम्बन्धी एक्स्पोमा विशेष अतिथिको रुपमा आफू जान लागेको बताए ।

मन्त्री श्रेष्ठले छिन्दु नेपालबाट चीन प्रवेश गर्ने नाका भएकाले पनि आफू सो कार्यक्रममा सहभागी हुनुले आर्थिक समृद्धिको एजेण्डालाई केही राहत मिल्ने र लगानी भित्र्याउन सकिने आश रहेको बताए ।

उनले भने, ‘सिचुआन प्रान्तमा एउटा एक्स्पो गरिएको छ । छिन्दुमा एउटा एक्स्पोको आयोजना गरिएको छ, ट्रेड इन्भेष्टमेण्ट सम्बन्धी ।हाम्रो इन्भेष्टमेण्ट ट्रेडको बारेमा छलफल हुन्छ । किनभने छिन्दु चीन प्रवेशको नाका हो । हाम्रो अहिलेको प्रमुख एजेण्डा आर्थिक समृद्धि हो । त्यसैले लगानी र व्यापार प्रवद्र्धनका बारेमा छलफल हुन्छ ।’

मन्त्री श्रेष्ठ आगामी मंगलवारबाट शुक्रवारसम्मका लागि चीन भ्रमणमा जाँदै छन् ।

 


प्रकाशित मिति: आइतबार, १० असार, २०८०, १८:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९