कांग्रेसको सदस्यता वितरण अनलाइनबाट

कांग्रेसको सदस्यता वितरण अनलाइनबाट


कांग्रेसको सदस्यता वितरण अनलाइनबाट

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सदस्यता अनलाइनबाट लिन सकिने व्यवस्था गरेको छ । पार्टीले सदस्यता लिने व्यवस्थालाइ सहज बनाउँदै पार्टीको वेबसाइटमा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था गरिएको हो।

कांग्रेसले साधारण सदस्यता अनलाइनबाटै लिन सक्ने व्यवस्था गरेको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले बताए । उनका अनुसार क्रियाशील सदस्यता नवीकरणका लागि केही जिल्लाका क्षेत्रहरूमा फारमसमेत पठाइसकिएको छ ।

क्रियाशील सदस्यता नवीकरण पनि अनलाइनबाटै गर्ने व्यवस्थाका लागि तयारी भइरहेको उनले बताए । अनलाइनबाट भरेको फारम वडादेखि केन्द्रसम्मका ७ तहमध्ये पार्टीको कुनै एक तह समितिले स्वीकार्ने र सदस्यता दिने पराजुलिले बताए ।

वडा, गाउँपालिका, प्रदेश र संघ क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रदेश र केन्द्रीय कार्यसमिति गरी सात तहमा संगठन संरचना छ ।

 


प्रकाशित मिति: सोमबार, ११ असार, २०८०, १४:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९