राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य


राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल एक साताअघि २ असारदेखि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचार गराइरहेका छन् ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सामान्य रहेको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका कार्यकारी निर्देशक प्रा।डा। रत्नमणि गजुरेलले जानकारी दिए ।

‘यस सेन्टरमा असार २ गतेदेखि उपचाररत् सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको आवश्यक नियमित परीक्षण तथा चिकित्सकीय निगरानी भइरहेको र हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ,’ कार्यकारी निर्देशक गजुरेलले सोमबार दिउँसो सवा १२ सम्मको स्वास्थ्य अवस्थाबारे जाकनारी दिन जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेल मुटु रोगबाट पीडित छन् । केही साताअघि उनको एन्जियोप्लाष्टिक गरिएको थियो । ५ असारमा राष्ट्रपति पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको कार्यकारी निर्देशक । गजुरेलले जानकारी दिए ।

 


प्रकाशित मिति: सोमबार, ११ असार, २०८०, १४:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९