कांग्रेस र एमाले मिल्ने भन्ने सुनेको छु : शशांक कोईराला

कांग्रेस र एमाले मिल्ने भन्ने सुनेको छु : शशांक कोईराला


कांग्रेस र एमाले मिल्ने भन्ने सुनेको छु :  शशांक कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले दुई ठूला दलहरू कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भए पनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताएका छन् ।

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए ।

नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा हुँदासम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्नेसमेत स्पष्ट पारे । उनले १५ औँ महाधिवेशनपछि मात्रै कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्छ रु भन्ने कुराको टुंगो लाग्ने दाबी गरे ।

‘सम्भवतः नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भन्ने कुरा सुनेको छु, तर पार्टी सभापतिसँग कुरा भएको छैन, भेटेर कुरा गरेपछि थाहा हुन्छ,’ उनले भने, ‘हाम्रो पार्टी सभापति उहाँ नै हो, हामीले यसमा केही भन्नु पर्ने कुरा छैन ।’

उनले १५ औँ महाधिवेशनमा आफूलाई सभापतिमा देख्ने सम्भावना बलियो रहेकोसमेत बताए । सांसद कोइरालाले सभापतिमा आफू उठ्नुपूर्व पार्टी कार्यकर्ताको आग्रहलाई सुन्ने बताए ।

 


प्रकाशित मिति: सोमबार, ११ असार, २०८०, १७:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९