काठमाडौँ, । प्रेस चौतारी नेपाल काठमाडौँको शाखाको अध्यक्षमा मुकुन्द भुसाल निर्वाचित भएका छन् ।
काठमाडौँमा भएको शाखाको पाँचौ अधिवेशनले भुसालको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
शाखाको उपाध्यक्षमा श्रीराम तिवारी, महिला उपाध्यक्षमा सुभद्रा धिताल, सचिवमा लक्षण शर्मा, सहसचिवमा जिपी पौडेल र पुष्पा अधिकारी र कोषाध्यक्ष रामचन्द्र कार्की निर्वाचित भएको निवर्तमान अध्यक्ष पुकार तिमिल्सेनाले जानकारी दिए ।
शाखा अघिवेशनमा एमाले उपमहासचिव तथा एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, एमाले स्थायी कमिटी सदस्य डा.राजन भट्टराई, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, एमाले काठमाडौँका अध्यक्ष दीपक निरौला, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९