अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ


अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ। सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले मेयर शाहसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो।

शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् ।

बलिउड फिल्म ‘आदिपुरुष’ समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए । हिन्दी चलचित्र प्रदर्शन गर्न दिनू भनि उच्च अदालतको आदेशपछि त्यसविरुद्ध बालेनले सो अभिव्यक्ति दिएका थिए। उनले अदालतको आदेश नमान्ने र हिन्दी सिनेमा चल्न नदिने भन्दै सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका थिए।


प्रकाशित मिति: मंगलबार, १२ असार, २०८०, १८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९