राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज


राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्र्तगत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेल ११ दिनपछि डिस्चार्ज भएका हुन् ।

राष्ट्रपतिको सचिवालयकाअनुसार विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी तथा उपचारपछि आज दिउँसो डिस्चार्ज भई पौडेल राष्ट्रपति निवास फर्किएका छन्। चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ ।

राष्ट्रपतिले उपचारमा संलग्न डाक्टर तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, १३ असार, २०८०, १८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९