भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छ : सभापति देउवा

भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छ : सभापति देउवा


भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्ने बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आदिवासी जनजातीको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने पनि बताए । पार्टीले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक नरहेको बताए ।

उनले आदिवासी जनजातीको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक बनाउन सबै मिलेर लाग्नुपर्ने बताए ।

‘आदिवासी जनजातीको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने हो । पर्यटनको मुख्य आधार पनि यही बन्न सक्दछ’ उनले भने, ‘हामीले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता विभिन्न क्षेत्रमा अझै सन्तोषजनक छैन । यसका लागि हामी सबै लाग्नुपर्छ । हाम्रो पार्टी र म लाग्नेछौँ ।’ आदिवासी जनतातिको सहभागिता बढ्दा काँग्रेस झनै बलियो र प्रभावशाली बन्ने दाबी गरे ।


प्रकाशित मिति: शुक्रबार, १५ असार, २०८०, १६:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९