कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार

कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार


कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार

विराटनगर । एमाले नेतृत्वको कोसी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्व सरकार ढलेको हो ।

बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका हुन् । उनको विपक्षमा ४३ मत नै खसेको छ । जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् ।

कार्की पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । गठबन्धन घटकमा रहेको अब कसको सरकार बन्छ भन्ने अन्योल छ ।

 


प्रकाशित मिति: शुक्रबार, १५ असार, २०८०, १६:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९