पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री प्रचण्ड


पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

पोखरा । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् ।

शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सार्थक बनाउने बताएका हुन् ।

माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुने बताउँदै उनले एक हुँदा मात्रै देश सही दिशामा अगाडि बढ्ने बताए ।

‘हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन । यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ,’ उनले भने, ‘त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ । हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ।’

अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन गरेर माओवादीलाई पुनर्निर्माणमा गर्ने तयारीमा रहेको पनि बताए ।

उनले अहिले सरकारमा रहेर राम्रो गर्न खोजिरहेको भन्दै सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर सफा गर्न लागेको बताए ।

सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा काम गरिरहेको उनले बताए ।

 


प्रकाशित मिति: शनिबार, १६ असार, २०८०, १३:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९