संसदीय पत्रकारको भूमिका महत्वपूर्ण छ- सभामुख घिमिरे

संसदीय पत्रकारको भूमिका महत्वपूर्ण छ- सभामुख घिमिरे


संसदीय पत्रकारको भूमिका महत्वपूर्ण छ- सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले सासद र संसद्को भूमिकालाई जनतासमक्ष पुर्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताए ।

संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनको उद्घाटन गर्दै आज उनले जनप्रतिनिधिका विषयजस्ताको तस्तै जनतामा पुर्याउने काम महत्वपूर्ण हुन्छ भने ।

समाचारको सही विश्लेषण गर्नुपर्ने जरुरी छ । संसद् र संसदीय समितिको काम सञ्चारमाध्यमबाटै जनतासमक्ष पुग्ने हो”, सभामुख घिमिरेले भने, “संसदीय पत्रकारले संसद्का प्रत्येक यथार्थ गतिविधि बाहिर ल्याउन भूमिका खेल्नुपर्छ । ” उनले आगामी दिनमा पनि सहकार्य जारी रहने स्पष्ट पारे ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय मामिलाका समाचार सम्प्रेषण गर्ने समाजको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

उनले संसदीय समिति र संसदीय समितिमा रहेका विधेयकका विषयमा पनि पत्रकारले लेख्नुपर्नेमा जोड दिए ।

उनले मिडिया काउन्सिल विधेयक धेरै मेहनत गरेर तयार गर्दा राम्रो बनेको थियोे तर प्रतिनिधिसभामा गएर अघि बढन नसकेको बताए ।

उपसभामुख इन्दिरा रानामगरले पत्रकार राज्यको ऐना भएको हुनाले संसद्का सही सूचना बाहिर ल्याउन संसदीय पत्रकारको भूमिका उल्लेखनीय छ भने ।

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले जनप्रतिनिधिका आवाज जनतासामु पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण भएको हो ।

संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जनताको दृष्टिकोणमा दुई संसद भएको आफूलाई लागेको उल्लेख गर्दै एउटा जनप्रतिनिधि र जनप्रतिनिधिका विषय बाहिर लैजाने पत्रकार पनि जनप्रतिनिधि नै भएको बताए । उनले पत्रकारलाई सूचनाका लागि संसद् सचिवालय सदा खुला रहेको बताए ।

समाजका संस्थापक अध्यक्ष हरिबहादुर थापाले संसद्मा भाइरल हुनका लागि युटुबर बोकेर आउने तर संसदीय अभ्यासमा ध्यान दिनुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष सञ्जीव बगालेले अधिवेशनले आजै १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने जानकारी दिए ।

 


प्रकाशित मिति: शनिबार, १६ असार, २०८०, १३:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९