नेसपाले संगठन निर्माण र विस्तार अभियान चलाउने

नेसपाले संगठन निर्माण र विस्तार अभियान चलाउने


नेसपाले संगठन निर्माण र विस्तार अभियान चलाउने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि असारदेखि पुससम्मको समय तोकिएको छ ।

अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय अभियान परिचालन मूल समिति र सचिवालय निर्माण भएको छ ।

सचिवालयको संयोजकमा अध्यक्ष भट्टराई रहने तथा विशेष उपस्थिति अध्यक्ष महेन्द्र राय यादव र अभियानका सदस्यहरू गंगा श्रेष्ठ, हिसिला यमी, दुर्गा सोव, रमेश यादव, ईश्वर रिजाल, सिर्जना रिजाल, सोनामसिं स्याङतान, विश्वदीप पाण्डे र हरि रिजाल सचिवालय समिति सदस्य रहने बताइएको छ ।

यो समितिले संगठन निर्माण र विस्तारसम्बन्धी अभियानको सम्पूर्ण निर्णय र योजना गर्ने छ । गत असार १३ गते बसेको केन्द्रीय कार्य कारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

 


प्रकाशित मिति: आइतबार, १७ असार, २०८०, १८:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९