प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बरमा चीन भ्रमणमा जाने

प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बरमा चीन भ्रमणमा जाने


प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बरमा चीन भ्रमणमा जाने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले प्रचण्डको भ्रमण आगामी सेप्टेम्बरमा हुने तय भएको जानकारी दिएका हुन् ।

नेपाल प्रेस युनियन कैलालीको छैटौँ जिल्ला सम्मेलनलाई सोमबार सम्बोधन गर्ने क्रममा साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई उदाउँदा छिमेकी मुलुकबीचसँगको सम्बन्ध थप सुमधुर हुने बताए ।

‘लाभ लिने सन्दर्भमा प्रधानमन्त्रीको आगामी सेप्टेम्बरमा हुने चीन भ्रमण महत्त्वपूर्ण हुनेछ । सार्थक हुनेछ,’ उनले भने, ‘नेपाल असंलग्न परराष्ट्र नीतिमा हिँडेको छ, राष्ट्रको हितलाई केन्द्रमा राखेको छ । सैन्य गठबन्धनमा तटस्थ छ ।’ उनले नेपाल दुई ठूला छिमेकी मुलुकको बीचमा रहेकाले दुवैतिर सन्तुलित सम्बन्ध राखेर राष्ट्रको हितमा काम गर्न सरकार तयार रहेको बताए ।

मन्त्री साउदले उत्तरी छिमेकी चीन विश्वव्यापी रूपमा शक्ति राष्ट्रका रूपमा उदाइरहेको भन्दै त्यसको सकारात्मक सदुपयोग गर्न सकिने बताए ।

‘चीन आर्थिक हिसाबले मात्रै होइन, एउटा महाशक्ति राष्ट्रका रूपमा उदाइरहेको छ,’ उनले भने, ‘चीनको त्यो विकाशको छलाङलाई नेपालको सन्दर्भमा पनि त्यसको सकारात्मक उपयोग गर्न सक्यौँ भने हामी चीनको र भारतको उदाउँदो अर्थतन्त्रबाट हामी प्रतिफल लिन सक्दछौँ ।’


प्रकाशित मिति: सोमबार, १८ असार, २०८०, १५:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९