काठमाडौं, । नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शेरबहादुर देउवा नेतृत्वको सरकारको छ महिने कार्यकाल उपलब्धिविहीन भएको टिप्पणी गरेका छन् ।
देउवा प्रधानमन्त्री भएको छ महिना पुगेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेता भट्टराईले प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डललाई पूर्णता दिन नै तीन महिना समय लागेकोले छ महिनाको अवधिमा उपलब्धिमूलक काम नभएको बताएका हुन् ।
उनले भने–‘सरकारको छ महिनाको समिक्षा गर्दा यो छ महिना त्यतिकै व्यतित भयो । प्रधानमन्त्रीले तीन महिनासम्म त मन्त्रिमण्डल विस्तार गर्न सक्नुभएन, मन्त्रिमण्डल विस्तार गर्नको लागि नै ९८ दिन लाग्यो । यो सरकारले गर्नलायक काम केही गरेन ।’
भट्टराईले यथास्थितिमा मिलिनियय च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको पनि स्पष्ट पारे ।
उनले भने,‘एमालेको साथ लिएर कसैले एमसीसी पास गर्ने सोचेको हो भने त्यो दिवा सपना हो ।’
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९