संसदीय समितिको नेतृत्व छिटै चयन गर्ने सहमति

संसदीय समितिको नेतृत्व छिटै चयन गर्ने सहमति


संसदीय समितिको नेतृत्व छिटै चयन गर्ने सहमति

काठमाडौं । प्रमुख तीन दलबीच संसदीय समितिको सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको सभामुखसहितको बैठकमा संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको हो ।

कानूनमन्त्री धनराज गुरुङले तीन दलबीच छिटोभन्दा छिटो संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको जानकारी दिए । उनका अनुसार बैठकमा संक्रमणकालीन न्याय र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक अघि बढाउने पनि समझदारी भएको छ ।

त्यस्तै कोशी प्रदेशको सरकार गठनबारे पनि शीर्ष नेताहरूबीच छलफल भएको उनले बताए। त्यहाँ सत्ता गठबन्धनले कांग्रेसको मुख्यमन्त्री बनाउने सहमति गरिसकेको छ।

बैठकमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी थिए ।

 


प्रकाशित मिति: मंगलबार, १९ असार, २०८०, १८:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९