५ हजार ८७ जनामा कोरोना संक्रमण

५ हजार ८७ जनामा कोरोना संक्रमण


५ हजार ८७ जनामा कोरोना संक्रमण

काठमाडौँ, । पछिल्लो चौबिस घण्टामा देशभर ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ३०६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन गरी २० हजार ५६० वटा नमुना परीक्षण गर्दा ५ हजार ८७ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ९ सय १३, भक्तपुरमा ३ सय १७ र ललितपुरमा ३ सय ७७ जना गरी काठमाडौँ उपत्यकामा २ हजार ६ सय ७ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ८ सय ४४ र होम आइसोलेसनमा १७ हजार २ सय ९१ जना रहेका छन् ।

त्यस्तै आइसीयूमा १ सय ११ जना भेन्टीलेटरमा २५ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १३ पुगेको छ ।


प्रकाशित मिति: शुक्रबार, ३० पुस, २०७८, १९:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९