काठमाडौं, । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशको सीमाबारे सरकार वोल्न नसकेको आरोप लगाएका छन् । उनले आज यहाँ आयोजित कार्यक्रममा सरकारले नेपालको सीमाबारे दृढतापुर्वक भारतसँग कुरा गर्नपर्नेमा जोड दिए ।
लिपुलेक, लिपियाधुरा, कालापानी जस्ता नेपाली भूभागहरु वार्ता गरेर नेपालको भोगचलनमा ल्याउनुपर्ने भन्दै उनले त्यहाँ भइरहेका गतिविधि रोक्न सरकारले सामान्य पत्राचार गर्न नसकेको बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठन हुनुभन्दा अगाडी ‘कम्र्फटेबल सरकार’ बनाउने बताएको स्मरण गराउँदै ज्ञवालीले भने, ‘नेपाली लागि नभई बाहिरी मुलुकको लागि कन्र्फटेबल बनाउन खोज्नु भएको रहेछ भनेर अहिले प्रमाणित भयो ।’ जयसिंह धामी बेपत्ता हुँदा, नेपाली भुभागमाथि अवैध ड्रोन उडाउँदा, संरचनाहरु एकतर्फीरुपबाट निर्माण हुँदा बोल्न नसक्दा सरकार गैह्रजिम्मेवार ढंगले अगाडि बढिरहेको भन्दै त्यसप्रति आपत्ति जनाए ।
उनले सदनलाई चलायमान बनाउने आफूहरुको चाहना भएपनि सभामुख अग्निप्रसाद सापकोटाले स्वयं दल विभाजनकारी गतिविधिमा लागेकोले चल्न नसकेको आरोप लगाए ।
‘सभामुख स्वयं एउटा दल विभाजनकारी गतिविधिमा लाग्नुभयो, नेकपा एमाले विभाजनको मुख्य कारण बन्नुभयो,’ ज्ञवालीले भने, ‘सभामुखले गल्ती सच्याउनुप¥यो कि बाटो छाड्नुप¥यो ।’
सभामुख सापकोटाको भूमिकाबारे प्रश्न गर्दै भने, ‘उहाँले दोहोरो भुमिका खेल्न लाग्नु भो । जसपाले सरिता गिरिलाई कारवाही गरेको सुचना उहाँले २४ घन्टामा टाँस्नुभो । माओवादी केन्द्रले टोपबहादुर रायमाझी लगायतका नेता, सांसदहरुलाई गरेको कारवाही ४८ घण्टामा टास्नुभो तर नेकपा एमालेले गरेका कारवाही गरेको लिस्टलाई उहाँले सिरानीमुनि राख्नु भो ।’
ज्ञवालीले एमाले विभाजनको मुख्य कारण नै सभामुख सापकोटा भएको आरोप लगाउँदै गल्ती सच्याउने या राजीनामा दिने बाहेकमा सम्झौता नहुने बताए ।
संसदको अवरोध चाडो अन्त्य होस भन्ने एमालेले पनि चाहेको भन्दै उनले संसद खुल्नलाई सभामुखले आफ्नो गल्ति सच्याउनु पर्ने धारणा राखे । उनले भने, ‘कि त उहाँले आफ्नो गल्ती सच्याउनुपर्छ, कि त उहाँले बाटो छाड्नुपर्छ ।’
ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा सोचेजति काम गर्न नसकेको भन्दै असफल भएको टिप्पणी गरे । देउवा नेतृत्वको सरकारको ६ महिनामा पुँजीगत खर्चको ८ प्रतिशत पनि खर्च हुन नसकेको भन्दै उनले मुलुकको सबै क्षेत्रहरु अस्तब्यस्त जस्तै भएको बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९