राष्ट्रियसभा बैठक भोलिसम्म स्थगित

राष्ट्रियसभा बैठक भोलिसम्म स्थगित


राष्ट्रियसभा बैठक भोलिसम्म स्थगित

काठमाडौं । संघीय संसद, राष्ट्रिय सभाको नेकपा एमालेले संसद अवरुद्ध गरेपछि स्थगित भएको बैठक असार २१ गते बस्ने भएको छ । बुद्धबार दिउँसोका लागि तय भएको बैठकमा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई एमालेसहित प्रतिपक्षी दलले विरोध जनाएका थिए ।

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामा माग गर्दै उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने र राजीनामा नदिएसम्म बैठक अघि बढ्न नसक्ने बताएका छन् । पटक–पटक जारी बैठक शान्तिपूर्ण संचालनमा आउन नसकेपछि राष्ट्रिय सभाको अर्को बैठक असार २१ गतेका लागि सारिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

 


प्रकाशित मिति: बुधबार, २० असार, २०८०, १८:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९