प्रतिनिधिसभाको बैठक आइतबारसम्मलाई स्थगित

प्रतिनिधिसभाको बैठक आइतबारसम्मलाई स्थगित


प्रतिनिधिसभाको बैठक आइतबारसम्मलाई स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेर आज पनि संसद अवरोध गर्ने देखिएपछि बैठक बस्दै नबसी आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो । आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो ।

शुक्रबारको राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको एमालेको प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको थियो । एमालेको अडानका कारण प्रतिनिधिसभाको बैठक अगाडि जान नसक्ने भएपछि सभामुखकै आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।

सभामुखमा प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुखले भनेका छन्, ‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला ।’

संसद अवरुद्ध हुँदा विधेयक मिटरब्याज सम्बन्धी विधेयक पास हुन नसक्नु राम्रो नभएको उल्लेख गर्दै उनले दलहरुको ध्यानाकर्षण गरेका छन । उनले भनेका छन्, ‘तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजिकरण गर्न म तयार छु । पर्सिसम्ममा सहमति गर्नुहोला ।’

प्रधानमन्त्रीले भने प्रतिपक्षीले उठाएको विषयमा संसदमा आफु जवाफ दिन तयार रहेको बताउँदै आएका छन् । सत्ता पक्षले पनि प्रधानमन्त्रीले संसदको फेस गर्ने तर प्रतिपक्षको मागका आधारमा राजीनामा नदिने बताएको छ ।


प्रकाशित मिति: शुक्रबार, २२ असार, २०८०, १८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९