१४ बुँदे प्रतिवद्धता पारित गर्दै सकियो कांग्रेस जिल्ला सभापतिहरूको भेला

१४ बुँदे प्रतिवद्धता पारित गर्दै सकियो कांग्रेस जिल्ला सभापतिहरूको भेला


१४ बुँदे प्रतिवद्धता पारित गर्दै सकियो कांग्रेस जिल्ला सभापतिहरूको भेला

काठमाडौं । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा बिहीवारदेखि बसेको पार्टी जिल्ला सभापतिहरुको बैठक १४ बुँदे आपसी प्रतिवद्धता व्यक्त गर्दै शुक्रवार सम्पन्न भएको हो ।

बैठकमा जिल्ला सभापतिहरुले पार्टी संगठनको गतिशीलतामा जोड दिएका छन् । बैठक समापन पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुको बैठकपछि संगठनका कामलाई तिब्रता दिनका लागि नेताहरुमा ऊर्जा पैदा भएको बताए । यसले पार्टीको गतिशिलतालाई बढाउने उनले बताए ।

जिल्ला सभापतिहरुले १४ बुँदे आपसी प्रतिवद्धता गरेका भन्दै सो प्रतिवद्धतालाई बुँदागत रुपमा बाहिर नल्याइएको महामन्त्री शर्माले बताए । यद्यपी सो बुँदाभित्र पार्टी र भ्रातृ संगठनहरुलाई व्यवस्थित गर्ने, जिल्ला सम्मेलनहरुको सम्बन्धमा र देश विदेशमा रहेका पार्टी समर्थक तथा शुभचिन्तकहरुलाई संगठित गर्ने लगायतका विभिन्न विषयमा जिल्ला सभापतिहरुको प्रतिवद्धता रहेको उनले जानकारी गराए ।

उनले जिल्ला सभापतिहरुको बैठकलाई पार्टी केन्द्रिय कार्यालयले नियमित रुपमा गर्ने बताए ।

बैठकको अन्त्यमा, महामन्त्रीद्वय– गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकबाट आएका सुझावहरुलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, २२ असार, २०८०, १८:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९