प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनु भयोः राजेन्द्र लिङदेन

प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनु भयोः राजेन्द्र लिङदेन


प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनु भयोः राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताएका छन् । प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भिर बनाएको उनले जिकीर गरे ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको भू–राजनीति तथा सामरिक चुनौतिहरु’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालले अघिल्लो पटक प्रधानमन्त्री बन्दा पनि छिमेकीका लागि कम्फटेवल सरकार बनाउनुपर्ने धारणा राखेर विदेशलाई खुशी बनाउन खोजेको आरोप लगाए । नेताहरुले विदेशीको सेवा गरेर मात्रै सत्तामा टिकिरहन सकिन्छ भन्ने मनोदशाका कारण मुलुकको भूराजनीतिक परिस्थिति पेचिलो भन्दै गएको उनले भनाई थियो ।

अध्यक्ष लिङदेनले नेपालले भारत र चीनलाई मात्रै नभएर अमेरिकासँग पनि बराबरीको सम्बन्ध बनाएर लैजानुपर्नेमा त्यस विपरितका काम प्रधानमन्त्री दाहालबाट भएको भन्दै आपत्ति जनाए ।

अध्यक्ष लिङदेनले नेपाली सेनाको संख्या कटौति गर्न नहुने पार्टीको अडान पनि राखे । मुलुकको राष्ट्रिय एकता कमजोर भईरहेका बेला नेपाली सेनाको संख्या कटौति गर्नुपर्छ भन्ने प्रस्ताव आउनु राम्रो नभएको उनले बताए ।


प्रकाशित मिति: शुक्रबार, २२ असार, २०८०, १८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९