प्रधानमन्त्री होइन ज्ञानुको बुबा भएर बोलेँ, थोरै भावनामा आएँ : प्रधानमन्त्री

प्रधानमन्त्री होइन ज्ञानुको बुबा भएर बोलेँ, थोरै भावनामा आएँ : प्रधानमन्त्री


प्रधानमन्त्री होइन ज्ञानुको बुबा भएर बोलेँ, थोरै भावनामा आएँ : प्रधानमन्त्री

काठमाडौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे जवाफ दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफ्नो विवादित अभिव्यक्तिबारे जवाफ दिएका हुन् ।

सरदार प्रितम सिंहको पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिमा केही भावनात्मक भएको बताउँदै उनले सो कार्यक्रममा प्रधानमन्त्रीको हैसियतमा नभएर ज्ञानुको बुबा भएर बोलेको जानकारी दिए ।

प्रीतम सिंहले २०६७ सालतिर आफ्नो छोरी ज्ञानुको उपचार भारतमा गर्ने बेलामा निकै सहयोग गरेको स्मरण गराउँदै उनले भने,  ‘मेरो छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो । म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड । त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु (छोरी)को बुबा भएर बोलेँ । म अलिकति भावनात्क छु । म थोरै भावनामा आएँ ।’
 


प्रकाशित मिति: सोमबार, २५ असार, २०८०, १८:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९