प्रितम सिंह कुनै शक्तिकेन्द्र होइन, मेरो भावुकतालाई कमजोरी ठानेर माफी दिइयोस् : प्रचण्ड

प्रितम सिंह कुनै शक्तिकेन्द्र होइन, मेरो भावुकतालाई कमजोरी ठानेर माफी दिइयोस् : प्रचण्ड


प्रितम सिंह कुनै शक्तिकेन्द्र होइन, मेरो भावुकतालाई कमजोरी ठानेर माफी दिइयोस् : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भावुकतालाई कमजोरी ठानेर माफी दिन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले आफू भावुकतामा बगेर बोल्ने गरेको र त्यही नै कमजोरी हुने गरेको बताए ।

प्रितम सिंहसँग आफ्नो पारिवारिक सम्बन्ध जस्तै रहेको र उनीसँगको भावनात्मक सम्बन्ध पुस्तक विमोचनका क्रममा आफूले बोलेको स्पष्ट पारे । प्रचण्डले आफ्नो मनभित्र कुनै मैलो नभएको, तर बोल्ने बेला भावुकता आउने गरेको र अबदेखि आफूले यसमा सुधार गर्ने प्रतिबद्धता जनाए ।

प्रचण्डले प्रितम सिंह कुनै शक्तिकेन्द्र नभएको तर पनि आफू प्रधानमन्त्री बन्ने बेला प्रितम सिंह नयाँदिल्ली आउजाउ गरेको आफूले थाहा पाएकाले व्यक्तिगत कुरा बोलेको दाबी गरे । व्यक्तिगत कुरा बोल्दा त्यसमा त्रुटि भएको उनले स्वीकार गरे ।


प्रकाशित मिति: सोमबार, २५ असार, २०८०, १८:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९