सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन : ओली

सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन : ओली


सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने र जोगाउने खिचलोमा अहिले एमाले नलाग्ने बताएका छन् । पार्टीको बागमति प्रदेश कमिटिको बैठकलाई मंगलबार सम्बोधन गदैं ओलीले एमाले आगामी चुनावमा एक्लै बहुमत ल्याएर कसैको टेको बिनै सरकार बनाउने गरि काममा लागिरहेको बताएका हुन् ।

‘अहिले हामी मिसन ०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं’ अध्यक्ष ओलीले भने,-‘अहिले सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद हामीलाई छैन । हामीलाई यता र यताको टेको खोज्यो गर्नु अहिले छैन ।’

ओलीले अहिलेको सत्ता गठबन्धनले मात्रै जनताका बीचमा अफवाह मात्र फैलाउने काम गरिरहेको आरोप पनि लगाए । उनले सरकारले जनताको काम गर्न नसकेको तर जनतालाई अफवाह फैलाएर वेकुप भने बनाउन थालेको बताए । कांग्रेस, माओवादी लगायतको सत्ता गठबन्धन उस्तै उस्तै हरुका बीचको गठबन्धन भएकोले एमालेलाई यस्ता गठबन्धनहरुसित कुनै साइनो सम्वन्ध नरहेको पनि ओलीको भनाई थियो ।

ओलीले थप अगाडी भने,-‘अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैलाउने मात्रै हो । गठबन्धनका मान्छेहरुको त्यही देखिन्छ । त्यसैले उनीहरु यो गठबन्धन कायम राख्न चाहन्छन् अहिले उनीहरु उस्तैउस्ताहरु मिलेका छन् । हामीलाई सरकारमा जान हतारो नभएको होइन हामीले त्यता हेरेको पनि छैनौं । सोचेका पनि छैनौं ।’


प्रकाशित मिति: मंगलबार, २६ असार, २०८०, १८:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९