सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भने– सांसद विकास कोषको रकम बढाउन सकिन्छ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भने– सांसद विकास कोषको रकम बढाउन सकिन्छ


सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भने– सांसद विकास कोषको रकम बढाउन सकिन्छ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘सांसद विकास कोष’ को रकम वृद्धि गरेर बजेट पारित गर्न सक्ने संकेत गरेका छन् । प्रदेश सभामा प्रस्तुत भएको बजेट अलपत्र परेपछि मुख्यमन्त्री शाहले सांसद विकास कोषको रकम बढाउन सकिने बताएका छन् ।

शुक्रबार गठबन्धनमा आबद्ध दलका नेताहरूको छलफलमा मुख्यमन्त्री शाहले प्रदेश सांसद कोषअन्तर्गत ३२ निर्वाचन क्षेत्रका लागि तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरेकोमा अब त्यसमा रकम बढाउन सकिने बताए ।

छलफलमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, माओवादी संसदीय दलका नेता खगराज भट्ट र नागरिक उन्मुक्ति संसदीय दलका नेता रामप्रकाश चौधरीलगायत उपस्थित थिए । मुख्यमन्त्री शाहले सत्ता गठबन्धनका सांसदहरुलाई बजेट पासमा सहयोग गर्न आग्रहसमेत गरेका थिए ।

प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफलसमेत हुन सकेको छैन । सत्तारुढ दल कांग्रेस, माओवादीका सांसदसमेत बजेटको विरोधमा उत्रिएपछि बजेट पास हुन सकेको छैन । सांसद विकास कोषमा विनियोजन गरिएको बजेटलाई लिएर विरोध भइरहेको छ ।


प्रकाशित मिति: शुक्रबार, २९ असार, २०८०, १७:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९