कांग्रेस सभापति देउवा र अमेरिकी मन्त्री डोनाल्ड लुबीच भेट

कांग्रेस सभापति देउवा र अमेरिकी मन्त्री डोनाल्ड लुबीच भेट


कांग्रेस सभापति देउवा र अमेरिकी मन्त्री डोनाल्ड लुबीच भेट

काठमाडौं । एक दिने नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । केही समयअघि काठमाडौं आइपुगेका उनले पहिलो राजनीतिक भेटवार्ता कांग्रेस सभापति देउवासँग गरेका छन् ।

धुम्बाराहीस्थित निवासमै पुगेर लुले देउवासँग भेटवार्ता गरेका हुन् । आठ महिनाअघि देउवा प्रधानमन्त्री भएका बेला लु नेपाल भ्रमणमा आएका थिए । एमसिसी पारित गर्ने बेला देउवा र लुको भेटवार्ता निकै चर्चित बनेको थियो । शुक्रबारको भेटमा दुवै नेताबीच नेपाल र अमेरिकाको सम्बन्धमा कुराकानी भएको थियो ।

डोनाल्ड लुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी शुक्रबार राति नै अमेरिका फर्किने भएका छन् ।


प्रकाशित मिति: शुक्रबार, २९ असार, २०८०, १७:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९