आज देशभर योग दिवस मनाइदै

आज देशभर योग दिवस मनाइदै


आज देशभर योग दिवस मनाइदै



काठमाडौँ, । आज देशभर सातौ राष्ट्रिय योग दिवस मनाउँदै छ । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पत्रकारसम्मेलन गरी योगाभ्यास र योगबारे जनचेतना जगाई दिवस मनाउन थालेको बताएको छ । 
विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले कोरोना भाइरसको कारणले यसबर्ष भर्चुअल रुपमा दिवस मनाउन थालिएको जानकारी दिए ।
उनले विभागकै हलमा २५ जनाको उपस्थितिमा सातप्रदेशलाई भर्चुअल रुपमा जोडेर योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गर्ने बताए ।

उनले दिवसकै अवसरमा आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितलाई पनि योगाभ्यास गराउने बताए । विभागका निमित्त महानिर्देशक डा. यादवले योगले मानिसको सकारात्मक सोच विकास गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमताको विकास गराउने बताए । 

पत्रकारसम्मेलनमा विभागका जडीबुटी, औषधी व्यवस्थापन तथा अनुसन्धान महाशाखा प्रमुख डा. सन्तोषकुमार ठाकुरले मानिसले शारिरीक भन्दा प्रविधिबाट धेरै काम गर्ने थालेकोले शारिरीक चलायमान गराउनका लागि योग अनिवार्य रहेको बताए । उनले योगले मानिसको शारिरीक र मानसिक रुपमा स्वस्थ्य राख्ने सहयोग गर्ने बताए । 

“जीवनशैलीमा आएको परिवर्तनले योग अनिवार्य भइसकेको छ, ” उनले भने “अहिले परिवार, समाज सवैमा योगको महत्व बढेर गएको छ । शरिर र मनलाई सन्तुलिन राख्ने काम योगले गरेको छ ।”

सरकारले २०७२ सालबाट प्रत्येक बर्ष माघ १ गते योग दिवस मनाउन थालेको हो । यसबर्ष ’सर्वाङ्गीय विकासका लागि योग‘ भन्ने आर्दश वाक्यका साथ दिवस मनाउन थालिएको छ । 

विभागका जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयले विहान ७ बजेदेखि हरेक जिल्लामा योग गराउँदै आइरहेका छन् । 

 


प्रकाशित मिति: शनिबार, १ माघ, २०७८, १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९