जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गछौं : उपप्रधानमन्त्री खड्का

जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गछौं : उपप्रधानमन्त्री खड्का


जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गछौं : उपप्रधानमन्त्री खड्का

सुर्खेत । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भएपनि निर्वाचनका बेला जनतासँग गरिएका बाचा पूरा गरेरै छोड्ने बताए ।

गृह जिल्ला सुर्खेत पुग्नु भएका उपप्रधानमन्त्री खड्काले शनिबार सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकुल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरु अघि बढिरहेको बताए ।

उनले जनताको अपेक्षा अनुसार वर्तमान सरकारले कामहरु गरिरहेको बताए। ‘देशको प्रतिकुल आर्थिक अवस्थामा पनि समग्र कर्णाली, सुर्खेत र म निर्वाचित भएको क्षेत्रमा महत्वपूर्ण विकास योजनाहरु अघि बढेका छन्, ‘जनतासँग गरेका बाचा पाँच वर्षभित्र पूरा गर्न प्रतिवद्ध छु ।’ उनले भने ।

उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोरलगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजनाहरु निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी समेत दिए । उनले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना शहर निर्माण गरेर भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर निर्माणको काम अघि बढेको बताउँदै त्यो शहर नयाँ पुस्तालाई नासोका रुपमा हस्तान्तरण गरिने बताए ।

रक्षामन्त्री समेत रहनु भएका उपप्रधानमन्त्री खड्काले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिंचाई, विद्युतीकरण, सडकलगायतका कामहरु गर्ने गरेर भेरी करिडोर सिंचाई विकास योजनालगायतका ठूला विकास योजनाहरु कार्यान्वयन भइरहेको बताए।


प्रकाशित मिति: शनिबार, ३० असार, २०८०, १३:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९