एमाले केन्द्रीय प्रचार विभागमा ११ सदस्य मनोनीत

एमाले केन्द्रीय प्रचार विभागमा ११ सदस्य मनोनीत


एमाले केन्द्रीय प्रचार विभागमा ११ सदस्य मनोनीत

काठमाडौं । नेकपा एमालेको केन्द्रीय प्रचार विभागमा शनिबार बसेको केन्द्रिय सचिवालय बैठकले ११ जना सदस्य मनोनीत गरेको छ । बैठकले प्रचार विभाग र संसदीय विभागमा ११ जना सदस्य मनोनयन गरेको हो ।

एमाले संसदीय विभागको प्रमुखमा पृथ्वीसुब्बा गुरुङ र प्रचार विभाग प्रमुख राजेन्द्र गौतम चयन भएका हुन् । मनोनीत भएका सदस्यहरूको विवरण अन्तर पार्टी निर्देशनमा पठाएपछि सार्वजनिक गर्ने जनाएको छ ।

प्रचार विभाग सदस्यमा डा. महेन्द्र विष्ट, प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, लीलालराज भट्टराई थपिएको एमाले स्रोेतले जनाएको छ ।

एलबी शेख, रामकृष्ण ज्ञवाली, शेरबहादुर केसी, दीपक ज्ञवाली, सूर्यमणि गौतम, हेमन्त पौडेल र अक्षरी पोखरेल पनि विभागमा सदस्य मनोनीत भएको स्रोतको भनाइ छ ।

यसअघि गगन विष्ट सचिव थिए भने निर्मला शर्मा, गणेश बस्नेत, उजिर मगर, टीका विष्ट, प्रमोद दाहाल, चेतन अधिकारी र रोशन खड्का विभागमा सदस्य थिए ।


प्रकाशित मिति: आइतबार, ३१ असार, २०८०, १७:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९