विदेसिएका नेपालीलाई फर्काउँछु भन्नेहरु राजनीतिमा आएपछि विदेसिनेको संख्या झन् बढ्यो : शङ्कर पोखरेल

विदेसिएका नेपालीलाई फर्काउँछु भन्नेहरु राजनीतिमा आएपछि विदेसिनेको संख्या झन् बढ्यो : शङ्कर पोखरेल


विदेसिएका नेपालीलाई फर्काउँछु भन्नेहरु राजनीतिमा आएपछि विदेसिनेको संख्या झन् बढ्यो : शङ्कर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विदेश गएका नेपालीलाई स्वदेश फर्काउँछौ भन्ने राजनीतिक पार्टीको उदय भए पछि बिदेसिनेको सङ्ख्या बढेको बताएका छन् ।

नेकपा(एमाले) सरकारमा आउँदा रोजगारीका लागि विदेश जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा(एमाले) हो भन्ने जनविश्वास बढाएकाे मंगलबार बिहान सामाजिक सञ्जालमार्फत पाेखरेलले बताएका छन् ।

उनले प्रश्न गर्दै भनेका छन्, ‘विदेशमा गएकाहरूलाई देश फर्काउँछौ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए । तर उनीहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि नै बिदेसिनेको सङ्ख्या झनै बढ्यो । के यसको जिम्मेवारी नेकपा(एमाले)ले नै लिनुपर्ने हो र ?’

उनले तथ्यहीन रूपमा पुराना पार्टीका कारणले बिदेसिने बढे भनेर एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार भएकाे बताएका छन् ।

‘तर तथ्यहीन रूपमा पुराना पार्टीका कारणले बिदेसिने बढे भनेर नेकपा(एमाले)लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो’, महासचिव पोखरेलले भनेका छन्,‘त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेन्डाका आधारमा ठिक र बेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।’

 


प्रकाशित मिति: मंगलबार, २ साउन, २०८०, ११:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९