कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक ‘लाइभ’ गर्ने

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक ‘लाइभ’ गर्ने


कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक ‘लाइभ’ गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने भएको छ । मंगलबारबाट सुरु हुन लागेको केन्द्रीय कार्यसमिति बैठक पार्टीकै आधिकारिक फेसबुक पेजबाट लाइभ गर्न लागिएको हो । 

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजेबाट सुरु हुने बैठक लाइभ गर्न लागिएको हो । सोमबार पदाधिकारीसहितको बसेको बैठकमा सभापति शेरबहादुर देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए । 

बैठकमा पहिलाे एजेन्डाका रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने छ ।

त्यस्तै साङ्गठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने  बताइएकाे छ। यस्तै कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुनेछ ।

केन्द्रिय समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेको छ । अरू एजेन्डाहरूमा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने कार्यतालिका बनाइएकाे छ । 


प्रकाशित मिति: मंगलबार, २ साउन, २०८०, ११:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९