कांग्रेस केन्द्रीय समिति बैठक : आजबाट केन्द्रीय सदस्यले धारणा राख्ने

कांग्रेस केन्द्रीय समिति बैठक : आजबाट केन्द्रीय सदस्यले धारणा राख्ने


कांग्रेस केन्द्रीय समिति बैठक : आजबाट केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन् ।

प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको थियो ।

मङ्गलवार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा राखेका थिए।

त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्य योजना प्रस्तुत गरेका थिए । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ।

त्यसै गरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।


प्रकाशित मिति: बुधबार, ३ साउन, २०८०, ०८:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९