नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको दफा ६४ प्रति रवि लामिछानेको आपत्ति

नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको दफा ६४ प्रति रवि लामिछानेको आपत्ति


नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको दफा ६४ प्रति रवि लामिछानेको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि आपत्ति जनाएका छन् ।

बुधवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् लामो प्रतिक्रिया दिँदै सभापति लामिछानेले विधेयकको दफा ६४ प्रति आपत्ति जनाएका हुन् ।

प्रतिनिधि सभामा पेश गरिएको विधेयकको दफा ६४ मा हिंसात्मक राजनीति गरिरहेको कुनै दल वा समूह राजनीतिको मूलधारमा आए हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान प्रस्ताव रहेको लामिछानेले सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका छन्।

उनले राजनीतिको मूलधारमा आए हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन कुन दलका नेता कार्यकर्ताहरूलाई स्वीकार्य हुने स्पष्ट पार्नुपर्ने बताएका छन् ।

लामिछानेको स्ट्याटस जस्ताको त्यस्तै

रास्वपाले संसद् किन घेराउ गर्‍यो ? होला संसदीय अभ्यासमा नयाँ छौ, प्रक्रियामा कमजोरी देखिएलान् । तर केही नेपाल  ऐन लाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दैछ, पठ्नुस् त!! यस्तो गंभिर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवाद तिर जवर्जस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन  कयौंले जाना जान बुझ पचाउनु भएको छ। हामीले के बोल्यौं त्यो अझै सुरक्षित छ।त्यसमा बहस अझै गरौला तर  यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त। राजनीतिको मूलधारमा आएमा   हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान  कुन कुन दल र त्यस दलका नेता कार्यकर्ताहरूलाई स्वीकार्य हुने हो ? स्पष्ट हुनु पर्छ कि पर्दैन ?  रगत उम्लिने गरी रास्वपा र हाम्रा नेतालाई गाली गर्नु हुने देश भक्त साथीहरू तथा  विज्ञप्ति, मिडिया इन्टरभ्यु र आर्टिकलहरु ठेलिरहनु भएका विज्ञज्युहरु, छातीमा हात राखेर भन्नुहोस्, यति बेला बहस के मा हुनु पर्थ्यो ?

गम्भीर विषयबाट तपाईंको ध्यान किन मोड्न खोजिँदै छ। काग लखेट्नु अघि एक पटक कान त छाम्नुस्!! यो विधेयक विरुद्ध हामी सदनमा उभियौ तर त्यसदिन सदन पुरै रोकेको भए हामीलाई आरोप लाग्थ्यो कि हाम्रा कारण मिटर ब्याज सम्बन्धी विधेयक रोकियो, जुन सोही दिनको कार्यसूचीमा थियो। विधेयक माथि छलफल त बाँकी छ थाहा छ तर हामी यो दफा हटाएर मात्र टेबुल होस् भन्ने चाहन्थ्यौँ।  समाचारहरू त बने रास्वपा झुक्कियो, झुक्कियौ होला। तर भन्नुस्,नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० मा दफा ६४ घुसाएर कसले कसलाई के का लागि झुक्याउने खेल हुदैछ। खोइ यथेष्ट  समाचार, खोइ बहस, खोइ विज्ञप्ति, खोइ अन्तरवार्ता ? यी तमाम प्रश्नको उत्तर पाए पछि रास्वपा लाई मजाले गाली गर्नु होला, रगत उम्लिने गरी। हैट।।


प्रकाशित मिति: बुधबार, ३ साउन, २०८०, ११:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९