प्रदेश नंं १ का प्रदेश प्रमुखसंग वेपत्ता आयोगका अध्यक्षको भेट

प्रदेश नंं १ का प्रदेश प्रमुखसंग वेपत्ता आयोगका अध्यक्षको भेट


 प्रदेश नंं १ का प्रदेश प्रमुखसंग वेपत्ता आयोगका अध्यक्षको भेट

काठमाडौँ । प्रदेश नं. १ का प्रदेश प्रमुख  परशुराम खापुङलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालका अध्यक्ष युवराज सुवेदीले भेट गरेका छन । भेटमा अध्यक्ष सुवेदीले प्रदेश नं. १ मा बेपत्ता पारिएका व्यक्तिहरुको नामावली, परिचयपत्र सम्बन्धि जानकारी गराए ।
२०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उलङ्घन गरी बलपूर्वक बेपत्ता परिएका व्यक्तिहरुको सम्बन्धमा सत्य अन्वेषण तथा छानबिन गरी वास्तविक तथ्य पत्ता लगाएर पीडितलाई परिपूरणको व्यवस्था र कानुनी कारबाहीको लागि सिफारिस गर्न आयोगको गठनभएको हो । 
आयोगले ७०० घर परिवारको २८ सय जनालाई परिचयपत्र उपलब्ध गराइसकेको अध्यक्ष सुवेदीले प्रदेश प्रमुखलाई जानकारी दिए । 
प्रदेश प्रमुख खापुङले यो राष्ट्रिय समस्या भएकोले यसलाई सबैले सहयोग गरेर आयोगलाई सघाउनुपर्ने धारणा राखेका थिए । त्यसैगरी परिचयपत्र पाएका राज्यले सुविधा दिलाउन सरकारलाई आग्रह गर्ने प्रतिवद्धता पनि जनाए । 

 


प्रकाशित मिति: आइतबार, २ माघ, २०७८, १९:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९